बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

शनिबार, ०९ वैशाख २०८०, २१ : ५९
शनिबार, ०९ वैशाख २०८०

खोटाङ । डढेलोले खानेपानीको पाइप जलेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ । स्थानीय मार्से–सावाला–कुर्ले–सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी आयोजनाको पाइप जलेपछि रातमाटे आधारभूत विद्यालयम खानेपानी आपूर्ति बन्द भएको हो ।

भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर खानेपानीको पाइप डढेलोले जलेको अध्यक्ष राजन राईले जानकारी दिए । “प्यालाभिरबाट मुहानसम्मको खण्डमा पर्ने कतिपय पाइप जलेर टुक्राटुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको छ । विद्यालयका लागि सञ्चालित खानेपानी आयोजनाको पाइप जलेपछि समस्या भएको छ”, उनले भने-, “वैशाख ६ गते सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ । स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घर जोगाएका छन् ।”

साविक दुर्छिम–३ छापडाँडा तेलाभिरमा डढेलोले छाडिसकिएको केही घर जलेको निवर्तमान वडासदस्य फलामसिं राईले बताएका छन् । डढेलोले वनस्पति खसाप पारे पनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन । यस्तै डढेलोले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित कात्तिके सामुदायिक वन सखाप बनाएको छ । वैशाख ६ गते साँझदेखि सुरु भएको भीषण डढेलोले सामुदायिक वन सखाप बनाएको हो । 

हावाहुरीका कारण डढेलो नियन्त्रण गर्न नसकिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नृपबहादुर चौलागाईँले बताएका छन् । वन क्षेत्र डढिसकेपछि धेरैजसो डढेलो आफैँ नियन्त्रणमा आएको जनाइएको छ । बाँकी रहेको डढेलो काभ्रेखोला पुगेपछि आफैँ नियन्त्रणमा आउने स्थानीय बासिन्दाले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनमा डढेलो लागेको पाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप