नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने प्रक्रियाका लागि तत्काल कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धी पक्षलाई निर्देशन दिएका हुन् ।
नेपालमा उत्पादित सवारी साधनले नम्बर प्लेट पाउन नसकेको सम्बन्धी सामग्री रातोपाटी डटकमले केही दिनयता लगातार प्रकाशित गर्दै आइरहेको छ । गत शुक्रबार प्रकाशित ‘सरकारले दर्ता नदिएपछि यात्री उत्पादक विदेश पलायन’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । योसँगै सरोकारवाला पक्षको ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई डाकेर प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्याउन मुख्यसचिवलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण