तलब माग्दै भजनीका स्वास्थ्यकर्मी अनिश्चितकालीन धर्नामा
धनगढी । कैलाली जिल्लाको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू अनिश्चितकालीन विरोध तथा धर्ना सुरु गरेका छन् । स्थायी स्वास्थ्यकर्मीहरुले तलब भत्ता यथाशीघ्र व्यवस्था गर्न माग गर्नुपर्नेलगायत माग गर्दै आइतबारदेखि विरोध तथा धर्ना कार्यक्रम सुरु गरेका हुन् ।
स्थायी स्वास्थ्यकर्मी सङ्घर्ष समिति भजनीले अन्य कर्मचारी सरह स्वास्थ्यका कर्मचारीहरूलाई पनि इन्धनलगायत प्रोत्साहन भत्ता प्रदान गर्नुपर्ने, आगामी आवको तलब भत्ताको व्यवस्था अग्रिम व्यवस्था गर्नुपर्ने, समायोजन र समायोजन मिलान भई आएका स्वास्थ्यकर्मीहरूलाई हाल कामकाज गरिरहेकै स्थानमा पदस्थापन गर्नुपर्ने लगायत माग राखेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले माघदेखि तलब भत्ता नपाएको बताउँदै विरोध स्वरूप पालिकालाई चैत ४ गते ज्ञापन पत्र बुझाएको बताए । नगरपालिकाले केही महिनाको लागि तलब भत्ता व्यवस्था गर्ने आश्वासन दिएको तर कुनै पहल नभएपछि अनिश्चितकालीन धर्ना सुरु गरेको बताए ।
भजनीमा ४० जना स्थानीय स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले आकस्मिक सेवा, प्रसूति सेवाबाहेक सेवा बन्द गरी धर्नामा बसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण