एक लाख बाँदर निर्यात गर्ने सरकारको योजनाको श्रीलङ्कामा विरोध
कोलोम्बो । श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख वन्यजन्तुको सङ्कटको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलङ्काको संरक्षित प्रजाति होइन । संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन् । प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दाबी छ ।
श्रीलङ्काका अधिकारीहरूका अनुसार श्रीलङ्कामा रहेका करिब ३० लाख टोक मकाकहरूलाई बालीनालीमा क्षति पु¥याउने गरेको भन्दै किसानहरूले उनीहरूको व्यवस्थापनका लागि सरकारी निकायहरूसँग सहयोग माग्दै आएका छन् ।
“यो देशमा बालीनालीमा क्षति पु¥याउनुमा टोक बाँदर नै सबैभन्दा बढी जिम्मेवार रहेको र अहिलेसम्म सरकारले यिनीहरूको सङ्ख्या घटाउन गरेका सबै प्रयास असफल भएका छन्,” मन्त्री अमरवीराले भने ।
“संरक्षणवादीहरूले यस कदमको आलोचना गरेका छन् र धेरैले जनावरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने डर व्यक्त गरेका छन्,” भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ ।
वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र र्याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलङ्काले गत साता एक वक्तव्य जारी गर्दै चिडियाखानाको ‘विश्वव्यापी मान्यता प्राप्त मापदण्ड’ अनुसार १८ वटा चिनियाँ चिडियाखाना मात्र रहेको दाबी गरे ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण