आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एक लाख बाँदर निर्यात गर्ने सरकारको योजनाको श्रीलङ्कामा विरोध

आइतबार, १० वैशाख २०८०, २१ : ३५
आइतबार, १० वैशाख २०८०

कोलोम्बो । श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख वन्यजन्तुको सङ्कटको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलङ्काको संरक्षित प्रजाति होइन । संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन् । प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दाबी छ ।

श्रीलङ्काका अधिकारीहरूका अनुसार श्रीलङ्कामा रहेका करिब ३० लाख टोक मकाकहरूलाई बालीनालीमा क्षति पु¥याउने गरेको भन्दै किसानहरूले उनीहरूको व्यवस्थापनका लागि सरकारी निकायहरूसँग सहयोग माग्दै आएका छन् । 

“यो देशमा बालीनालीमा क्षति पु¥याउनुमा टोक बाँदर नै सबैभन्दा बढी जिम्मेवार रहेको र अहिलेसम्म सरकारले यिनीहरूको सङ्ख्या घटाउन गरेका सबै प्रयास असफल भएका छन्,” मन्त्री अमरवीराले भने । 

“संरक्षणवादीहरूले यस कदमको आलोचना गरेका छन् र धेरैले जनावरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने डर व्यक्त गरेका छन्,” भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ । 

वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र र्याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलङ्काले गत साता एक वक्तव्य जारी गर्दै चिडियाखानाको ‘विश्वव्यापी मान्यता प्राप्त मापदण्ड’ अनुसार १८ वटा चिनियाँ चिडियाखाना मात्र रहेको दाबी गरे ।-(रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप