त्रिभुवन विमानस्थल
उडिरहेको जहाजमा प्राविधिक समस्या, असामान्य झिल्कासहित आवाज निस्कियो
सोमबार, ११ वैशाख २०८०, २१ : ३२
काठमाडौँ । उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।
त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ । जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको छ।
उक्त जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास भइरहेको विमानस्थलका प्रमुख प्रकाशबाबु तिवारीले बताए । फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको उनको भनाइ छ ।
उनका अनुसार विमानस्थलमा दमकल परिचालन गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको प्रमुख तिवारीले जानकारी दिए ।
१२० विदेशी र ४९ जना नेपाली यात्रु बोकेको फ्लाई दुबईको जहाजमा समस्या देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण