उपेन्द्र यादव पत्नीको गुनासो : नबोल्ने बानी मनपर्दैन !
बारा । बारा–२ बाट नवनिर्वाचित सांसद उपेन्द्र यादवकी श्रीमती पार्वती यादवले आफ्नो पतिको नबोल्ने बानीको गुनासो गरेकी छन् । यादव निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो श्रीमान् सबै कुरामा अब्बल भए पनि उनको कम बाल्ने बानी भने खराब रहेको गुनासो गरेकी हुन् ।
यादवले भनिन्, ‘उहाँ बस्दा पनि केही सोचिराख्ने, लेखिराख्ने गर्नुहुन्छ । उहाँको नबोल्ने बानी मनपर्दैन । भोक लाग्यो भने खान पकाऊ भन्नुपर्छ, खान देऊ भन्नुपर्छ नि । तर, उहाँ आफै लिन जानुहुन्छ । कहिलेकाहीँ मेरो हातको पनि पानी खानुहोस् भन्ने लाग्छ । बाहिरबाट आउँदा मलाई पानी देऊ न भन्दा मेरो मन खुसी हुन्थ्यो । तर उहाँ भने खान पकाउन पनि आफै खोज्नुहुन्छ । अर्काको भरमा नबस्ने । आमाबुबा होस्, छोरा छोरी होस्, श्रीमती होस् कसैको आशमा नबस्ने ।’
उनले आफ्नो श्रीमान्को तारिफ भने जति गरे पनि कम हुने बताइन् । ‘मैले यस्तो श्रीमान् पाएको छु, जति भने पनि कम हुन्छ । बाहिर केही चिज नखाने । उहाँलाई पाउने मेरो सौभाग्य हो । म शिक्षाविहीन छु । शिक्षा विहीन भए पनि उहाँ सधैँ मलाई डिग्री गरेको श्रीमती पाएकी छु भन्नुहुन्छ ।’
उनले आफ्नो पति प्रति गर्व रहेको बताइन् । बारामा हासिल गरेको जीत उपेन्द्र यादवको मेहनत र संघर्ष फल भएको पनि उनले बताइन् । ‘बारावासीलाई जति धन्यवाद दिए पनि कम हुन्छ,’ उनले भनिन् ।
उनले उपेन्द्र यादव नेपालको छोरो भएकाले ७५ जिल्ला नै उनको घर भएको पनि उल्लेख गरिन् । ‘उहाँ राष्ट्रिय अध्यक्ष हो । जहाँबाट पनि लडे पनि हुन्छ । छोरीको एउटा माइती र एउटा घर हुन्छ । छोराको सबै जिल्ला घर हो,’ उनले भनिन् ।
उनले २६ सालदेखि श्रीमती भन्दा पनि कार्यकर्ता बनेर अध्यक्ष यादवलाई साथ दिएको बताइन् । ‘मैले सधैँ साथ दिएको छु, भविष्यमा पनि दिने छु,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण