शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वर्षाले कोसँग सम्झौता गर्न चाहन्नन् ?

बुधबार, १३ वैशाख २०८०, १९ : ४४
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । पछिल्लो समय अभिनेत्री वर्षा राउत चर्चाभन्दा बाहिर छिन् । ‘के घर के डेरा’ पछि उनको फिल्म नआएकोले पनि उनी मिडियामा नछाएकी हुन् ।

व्यक्तिगत जीवनको बारेमा दिएको बयानका कारणले भने उनी बेलाबेलामा मिडियामा छाउन सफल छिन् । वर्ष अहिले फेरि यस्तै कारणले मिडियामा छाएकी छन् । उनले हालै सामाजिक सञ्जालमा पोष्ट गरेका केही शब्दले धेरैको ध्यान उनी तिर खिचेको छ । उनले कालो ब्याग्राउन्डमा लेखेकी छिन्, ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’ 

तीन पोष्ट गरेकी उनले एकपोष्टमा ‘म ति मानिसहरुको वरिपरि रहँदा थाकिसकेँ, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन । ‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?,’ उनले अर्को पोष्टमा प्रश्न उठाएकी छिन् ।

वर्षाको यो गम्भीर स्टाटसले उनको व्यक्तिगत जीवनमा केही हलचल भइरहेको बुझ्न सकिन्छ । केही समय अगाडि उनको पति संजोग कोइरालासँग डिभोर्सको हल्ला पनि चलेको थियो ।

त्यो समय उनले आफूहरुबीच झगडा भएपनि अहिले राम्रो रहेको बताउँदै मिलाएकी थिइन् । तर अहिलेको उनको शब्दले उनको जीवनमा केही भइरहेको संकेत गरेको छ । कतिपयले त यो शब्दलाई पतिसँग डिभोर्स गर्न लागेको अनुमान समेत लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप