वर्षाले कोसँग सम्झौता गर्न चाहन्नन् ?
काठमाडौँ । पछिल्लो समय अभिनेत्री वर्षा राउत चर्चाभन्दा बाहिर छिन् । ‘के घर के डेरा’ पछि उनको फिल्म नआएकोले पनि उनी मिडियामा नछाएकी हुन् ।
व्यक्तिगत जीवनको बारेमा दिएको बयानका कारणले भने उनी बेलाबेलामा मिडियामा छाउन सफल छिन् । वर्ष अहिले फेरि यस्तै कारणले मिडियामा छाएकी छन् । उनले हालै सामाजिक सञ्जालमा पोष्ट गरेका केही शब्दले धेरैको ध्यान उनी तिर खिचेको छ । उनले कालो ब्याग्राउन्डमा लेखेकी छिन्, ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’
तीन पोष्ट गरेकी उनले एकपोष्टमा ‘म ति मानिसहरुको वरिपरि रहँदा थाकिसकेँ, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन । ‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?,’ उनले अर्को पोष्टमा प्रश्न उठाएकी छिन् ।
वर्षाको यो गम्भीर स्टाटसले उनको व्यक्तिगत जीवनमा केही हलचल भइरहेको बुझ्न सकिन्छ । केही समय अगाडि उनको पति संजोग कोइरालासँग डिभोर्सको हल्ला पनि चलेको थियो ।
त्यो समय उनले आफूहरुबीच झगडा भएपनि अहिले राम्रो रहेको बताउँदै मिलाएकी थिइन् । तर अहिलेको उनको शब्दले उनको जीवनमा केही भइरहेको संकेत गरेको छ । कतिपयले त यो शब्दलाई पतिसँग डिभोर्स गर्न लागेको अनुमान समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण