नाम निस्केर पनि ७ जनाले लिएनन् विद्युत् प्राधिकरणबाट नियुक्ति पत्र
बिहीबार, १४ वैशाख २०८०, १० : १३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको जागिरका लागि नाम निस्केर पनि ७ जनाले नियुक्ति पत्र नलिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि कर्मचारी सेवा, सर्त विनियामावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्तिपत्रमा लागि सूचित गरेको थियो ।
तर, उनीहरू तोकिएको समयमा नगएपछि प्राधिकरणले फेरि सूचना जारी गरेर १५ दिनभित्र नियुक्ति पत्र लिन आउन तथा नियुक्त गरिएको कार्यालयमा हाजिर हुन सूचित गरिएको छ ।
नियुक्ति लिन नजानेमा १ जना प्रकाशकीय अधिकृत, दुई जना इन्जिनियर, एक जना सुपरभाइजर, २ जना मिटर रिडिङ सुपरभाइजर र एक जना लेखापाल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण