शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरवार्ताका बीच टर्कीका राष्ट्रपति अर्दोआनको स्वास्थ्य बिग्रियो

बिहीबार, १४ वैशाख २०८०, १० : १६
बिहीबार, १४ वैशाख २०८०

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अस्वस्थ्यताका कारण प्रत्यक्ष अन्तरवार्ता बीचैमा छोड्नुपरेको छ । मङ्गलवार उनले टिभीमा अन्तरवार्ता दिइरहेका थिए जसको समय ९० मिनेट निर्धारण गरिएको थियो । तर १० मिनेटपछि नै प्रश्नलाई बीचमा नै काटेर च्यानलले ब्रेक लिनु पर्‍यो ।

न्युज वेबसाइट अरब न्युजका अनुसार करिब १५ मिनेटपछि उनी स्क्रिनमा देखिए र भने, ‘आज र हिजोको दिन निकै थकित पारिदिने खालको थियो ।  जसका कारण मलाई पेटमा सङ्क्रमण भएको छ । म तपाईंसँग र दर्शकसँग माफी माग्छु ।’

त्यसपछि कार्यक्रम रोकियो । अर्दोआनले बुधवार तीन स्थानमा हुन लागेको चुनावी प्रचार कार्यक्रम पनि रद्द गरेका थिए ।  उनले भने, ‘डाक्टरको सल्लाहमा आज म घरमा आराम गर्नेछु ।’

६९ वर्षका अर्दोआनको सन् २०१२ मा ग्यास्ट्रोइन्टेस्टाइनल शल्यक्रिया भएको थियो । १४ मेमा टर्कीमा आम निर्वाचन हुँदै छ । २० वर्षदेखि टर्कीमा शासन गरिरहेका रेचेप तैय्यप अर्दोआज सत्तामा रहिरहनका लागि व्यापक प्रचार गरिरहेका छन् ।

यस्तोमा उनको स्वास्थ्य बिग्रँदा उनका लागि समस्या पैदा गर्न सक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप