६ महिनामा चार जना आफन्तको मृत्यु देखेर आत्तिएका थिए अभिनेता, बनेका थिए सन्न्यासी
दिग्गज अभिनेता विनोद खन्ना बलिउडका निकै चर्चित नाम थिए । स्क्रिनमा जति बेला देखिन्थे आफ्नो दमदार भूमिकाले धेरैलाई प्रभावमा पार्दथे ।
तर एक समय यस्तो पनि आयो जब विनोद खन्नाले बलिउडको चकाचौँध छोडेर सन्न्यासी बन्ने निर्णय लिए । उनी ओशोको शरणमा गए । उनको यो निर्णयमा पूरा बलिउडलाई विश्वास लागिरहेको थिएन ।
विनोद खन्नाले एक अन्तरवार्तामा भनेका थिए, ‘मेरो परिवारमा ६–७ महिनामा चार जनाको निधन भयो । तीमध्ये मेरी आमा र प्यारी बहिनी थिए ।
‘म भित्रै देखि आत्तिएको थिएँ । मलाई लाग्यो कि एक दिन म पनि मर्नेछु । डिसेम्बर १९७५ मा मैले तत्काल निर्णय गरेँ – ‘मलाई ओशो भए ठाउँ जानु छ’ ।’
‘एक अभिनेताको रूपमा दर्शन गर्न पुग्दा ओशोले मलाई सोधे – के तिमी संन्यासका लागि तयार छौ ? ’ विनोद खन्नाले भने, ‘मलाई थाहा छैन तर तपाईंको प्रवचन मलाई असाध्यै राम्रो लाग्छ ।’’
ओशोले अभिनेतालाई संन्यास लिन भने र उनले तुरुन्तै माने । सन्न्यासी बनेपछि उनले आफ्नो नाम स्वामी विनोद भारती राखे ।
विनोद खन्ना ओशोको शरणमा जानका लागि अमेरिकासम्म पुगे । त्यहाँ विनोदले मालीको काम गरे । आश्रममा शौचालय सफा गर्ने र भाँडा माझ्ने काम गरे ।
ओशोको शरणमा चार–पाँच वर्ष बिताएपछि विनोद खन्ना भारत फिर्ता भए । उनी बलिउडमा फिर्ता हुन तयार थिए । त्यति बेला फिरोज खानले उनको मद्दत गरे ।
सन् १९८७ मा विनोद खन्ना फिल्ममा फिर्ता भए । उनले डिम्पल कपाडियासँग फिल्म इन्साफमा काम गरे । विनोदलाई स्क्रिनमा देखेर धेरै जना खुसी भए ।
स्क्रिनमा उनले लामो समय काम गरे । त्यसपछि एक दिन क्यान्सरका कारण २७ अप्रिल सन् २०१७ मा उनको मुम्बईमा निधन भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण