कोपा इटालियाको फाइनलमा फ्लोरेन्टिना र इन्टर भिड्ने
शुक्रबार, १५ वैशाख २०८०, ०९ : ४७
रोम । क्रिमोनेसेविरुद्धको दोस्रो लेग गोलरहीत बराबरीमा सकिएसँगै फ्लोरेन्टिनाले समग्रमा २–० को जित निकाल्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा टोलीले इन्टर मिलानको सामना गर्नेछ । युभेन्टसलाई हराउँदै इन्टर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
निकै कम गोलका अवसरहरू सिर्जना भएको खेलमा ६ पटकको विजेता फ्लोरेन्टिना सजिलै आफ्नो अघिल्लो लेगको अग्रता जोगाउन सफल रह्यो । टोलीका लागि रिकार्डो सोटिल मात्र गोल गर्न नजिक पुगेका थिए ।
फाइनल खेल २४ मेमा रोमको स्टाडियो ओलिम्पिकोमा हुनेछ । फ्लोरेन्टिनाले पछिल्लो पटक सन् २००१ मा कोपा इटालियाको उपाधि जिते यता कुनै प्रमुख उपाधि जित्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण