कोपा इटालियाको फाइनलमा फ्लोरेन्टिना र इन्टर भिड्ने
शुक्रबार, १५ वैशाख २०८०, ०९ : ४७

रोम । क्रिमोनेसेविरुद्धको दोस्रो लेग गोलरहीत बराबरीमा सकिएसँगै फ्लोरेन्टिनाले समग्रमा २–० को जित निकाल्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा टोलीले इन्टर मिलानको सामना गर्नेछ । युभेन्टसलाई हराउँदै इन्टर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
निकै कम गोलका अवसरहरू सिर्जना भएको खेलमा ६ पटकको विजेता फ्लोरेन्टिना सजिलै आफ्नो अघिल्लो लेगको अग्रता जोगाउन सफल रह्यो । टोलीका लागि रिकार्डो सोटिल मात्र गोल गर्न नजिक पुगेका थिए ।
फाइनल खेल २४ मेमा रोमको स्टाडियो ओलिम्पिकोमा हुनेछ । फ्लोरेन्टिनाले पछिल्लो पटक सन् २००१ मा कोपा इटालियाको उपाधि जिते यता कुनै प्रमुख उपाधि जित्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता