अर्थ
सुदूरपश्चिममा विद्युतीय सवारी साधनको करमा हेरफेरको तयारी
शुक्रबार, १५ वैशाख २०८०, १० : ३४
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विद्युतीय सवारी साधनको करमा हेरफेर तथा निर्धारणको तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको छ ।
संशोधन गर्न बनेको विधेयक अनुसार निजी विद्युतीय सवारी साधनको करको दर निर्धारण गर्न लागेको हो । ५०० वाटको मोटरसाइकल/स्कुटीके १ हजार रुपैयाँदेखि १५०१ वाटमाथिका सवारीमा ३ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
कार, जिप, भ्यान, माइक्रो बस र बसको १० हजारदेखि ३० हजारसम्म निर्धारण गर्न लागेको हो । त्यस्तै, सार्वजनिक विद्युतीय सवारी साधन अन्तरगत कार, जिप, भ्यान, माइक्रो बस र बसको २५ सयदेखि १५ हजारसम्म निर्धारणको लागि प्रदेश सभामा संशोधन विधेयक दर्ता गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण