अर्थ
सुदूरपश्चिममा विद्युतीय सवारी साधनको करमा हेरफेरको तयारी
शुक्रबार, १५ वैशाख २०८०, १० : ३४

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विद्युतीय सवारी साधनको करमा हेरफेर तथा निर्धारणको तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको छ ।
संशोधन गर्न बनेको विधेयक अनुसार निजी विद्युतीय सवारी साधनको करको दर निर्धारण गर्न लागेको हो । ५०० वाटको मोटरसाइकल/स्कुटीके १ हजार रुपैयाँदेखि १५०१ वाटमाथिका सवारीमा ३ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
कार, जिप, भ्यान, माइक्रो बस र बसको १० हजारदेखि ३० हजारसम्म निर्धारण गर्न लागेको हो । त्यस्तै, सार्वजनिक विद्युतीय सवारी साधन अन्तरगत कार, जिप, भ्यान, माइक्रो बस र बसको २५ सयदेखि १५ हजारसम्म निर्धारणको लागि प्रदेश सभामा संशोधन विधेयक दर्ता गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
-
आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत
-
जब तमिल सुपरस्टार स्टेजमै बेहोस भए...
-
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली
-
४० वर्षदेखि टर्कीमा जारी सशस्त्र संघर्ष अन्त्य गर्ने पीकेकेको घोषणा
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन