कसरी जिऊँ म ?
म बन्दकीमा बन्द छु
गण नमिलेको छन्द हुँ
समकालको रमझमले
पल्लवी यो मौसमले
गिज्याउँछ वसन्त दाँत देखाएर
हर्ष कति मन्झरी र पात पलाएर
बोक्दछु म काँधमा जिम्मेवारीको बोझ पनि
बुझ्दछ तर दुनियाँ मलाई दुनियाँकै बोझ भनी
खोज्नेछु म बल गरी के खाने छ, के लाउने
समय आउँछ माग्नलाई प्रत्येक क्षणको भुक्तानी
बाटाहरू बन्द छन् गति प्रगति मन्द छ
अंश प्रेरणा जाग्दछ खुलेर ‘जी’ भन्दछ
तृष्णा मेट्न के गरूँ पानी कहाँ पिऊँ म ?
बन्दकीमा बन्द छु, भन कसरी जिऊँ म ?
झुटो भुक्छ मुखबाट सत्य चाहिँ त्यो चपाउँछ
साथी यस्तै मात्र छन्, साथ यस्तो को पाउँछ
खाल ओढेर पवित्र पवित्रताको सोख भनी
मौका राम्रो पाएपछि विश्वासघातकै भोक पनि
भित्रभित्रै खुट्टा तान्छ, बाहिर परे बोक्छ नि
लडाउने त साथी छन् कुरा काट्ने लोक छ नि
बूढा बा र आमाको, खै कसरी टारौँ आस त्यो
भत्केका छन् भित्ता ती छानो चुहुन्छ आवासको
बिरक्तिन्छ मन, यसै बाँच्ने आस नै भाग्छ नि
मर्न लाई नि सक्दिन, बाँच्न मन नि लाग्छ नि
फाटेको छ मन मेरो, कुन धागोले सिऊँ म ?
बन्दकीमा बन्द छु भन कसरी जिऊँ म ?
-दिरुम नपा–१५, विजयखर्क, खोटाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण