एसीसी प्रिमियर कप
करनलाई फाइफर, कीर्तिपुरमा पुनः वर्षा
शनिबार, १६ वैशाख २०८०, १५ : २८
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा करन केसीले कुवेतविरुद्ध पाँच विकेट लिन सफल भएका छन् । उनले १४ रन बनाएका कप्तान मोहमद अस्लमलाई आफ्नो पाँचौँ शिकार बनाएका हुन् ।
यसअघि केसीले सिराज खान, राभिजा सान्दारुवान, मित भावसार र अदनान इद्रिसलाई आउट गरेका थिए । खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए ।
करनले विकेट लिएसँगै कीर्तिपुरमा पुनः वर्षा सुरु भएको छ । वर्षाका कारण खेल रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण