क्रिकेट टोलीलाई बधाई दिदैँ प्रधानमन्त्रीले भने– ‘सरकारको तर्फबाट उचित सम्मान हुनेछ’
शनिबार, १६ वैशाख २०८०, १८ : ५८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन् ।
‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्वीट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएको तथा खेल नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण