गुण्डागर्दीबाट पहिचान प्राप्त हुँदैन : केपी ओली
पाँचथर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डागर्दीबाट पहिचान प्राप्त नहुने बताएका छन् । एमाले पाँचथरद्वारा फिदिममा आज आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पहिचानको राजनीति भन्दै दौडिनेले आफ्नो समुदायको हितमा लाग्नुपर्ने बताए । उनले कोशी प्रदेश नामाङ्कनको विरुद्धमा आन्दोलनरत पहिचावादी आन्दोलनकारीहरुलाई लक्षित गर्दै भने, ‘गुण्डागर्दीबाट पहिचान प्राप्त हुँदैन ।’
ओली फिदिममा रहँदा पहिचानवादी आन्दोलनकारीले अध्यक्ष ओलीको विरुद्धमा कालो झण्डा देखाउनुका साथै मसाल जुलुस प्रदर्शन गरेका थिए । कोशी प्रदेश नामकरण पहिचान विपरित रहेको र सो नामकरण हुनमा एमाले जिम्मेवार रहेको भन्दै आन्दोलनकारीले ओलीप्रति आक्रोश व्यक्त गरेका हुन् ।
अर्को प्रसंगमा ओलीले वर्तमानमा देश ओरालो लागिरहेको बताए । एमाले सरकारबाट बाहिरिए पछिको दुई वर्षको अन्तरालमा देश अधोगतितर्फ धकेलिएको उनको दाबी थियो । उनले मुलुकलाई सहि बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण