आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आइएसका प्रमुख कुरैशीलाई टर्कीले मारेको अर्दोआनको दाबी

सोमबार, १८ वैशाख २०८०, १० : ००
सोमबार, १८ वैशाख २०८०

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले टर्कीको सेनाले सिरियामा इस्लामिक स्टेटका सन्दिग्ध प्रमुख अबु हुसैन अल – कुरैशीको हत्या गरिदिएको दाबी गरेका छन् ।

अघिल्लो नोभेम्बरमा अब हसन अल–हाशिमी अल–कुरैशीको मृत्युपछि अबु हुसैन अल–कुरैशीले नै आइएसको कमान सम्हाल्दै आएको बताइन्छ । 

अर्दोआनले टर्कीको मिडिया टिआरटी तुर्कसँगको कुराकानीमा शनिवार टर्कीको एमआईटी गुप्तचर एजेन्सीले अपरेशनमा आइएस नेताको हत्या गरेको बताए ।

यद्यपि, आइएसको तर्फबाट यसबारे कुनै बयान जारी गरिएको छैन । एमआइटी गुप्तचर एजेन्सीले लामो समयदेखि कुरैशीलाई पछ्याइरहेको अर्दोआनले बताए ।

military operationउनले भने, ‘हामी कुनै भेदभाव बिना आतङ्कवादी संगठनविरुद्ध आफ्नो सङ्घर्ष जारी राख्नेछ ।’

समाचार एजेन्सी रोयटर्सलाई सिरियास्थित एक स्रोतले बताए अनुसार यो अभियान उत्तरी सहर जांदरसमा टर्कीको सीमा नजिकै इलाकामा गरिएको हो । 

अघिल्लो वर्ष नोभेम्बरमा जिहादी समूह आइएसआइएसले आफ्ना नेता अब अल–हसन अल–हाशमी अल–कुरैशीको मृत्युको घोषणा गरेको थियो ।

अमेरिकाले अक्टोबर सन् २०२२ को मध्यमा दक्षिण–पश्चिम सिरियामा एउटा अभियान चलाएको थियो जसमा उनी मारिएको बताएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप