आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेश : विपक्षीको विरोधपछि आधा घण्टा बैठक स्थगित

मङ्गलबार, १९ वैशाख २०८०, १२ : २०
मङ्गलबार, १९ वैशाख २०८०

दाङ । लुम्बिनी प्रदेश सभाको मंगलबार बिहान ११ बजेदेखि सुरु भएको पहिलो अधिवेशनको दसौँ बैठकमा विपक्षी दलहरुको विरोधपछि स्थगित गरिएको छ । आजको बैठकमा प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वास मत लिने कार्यसूची रहेको थियो ।

तर विपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सदन मार्फत पेश गर्नुपर्ने माग राख्दै विरोध जनाएका थिए । विरोधपछि सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप