ओली भन्छन्–चार वटा ढुङ्गा हानेर हिँड्नेलाई देशको मतलब छैन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लागेको र सुधारमा ध्यान नदिने हो भने अबको एक डेढ वर्षमा नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रश्न गर्दै भने,‘ यहाँ यत्तिकै हाहा हुँहूँ गरेर कुद्नेहरु, चार वटा ढुङ्गा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब ?’ तिनका समर्थनमा स्टाटस र वक्तव्य दिनेहरुलाई देश वर्वादीमा गएकोमा कुनै मतलब नभएपनि एमालेलाई चिन्ता लागेको _ओलीले बताए ।
‘खानीजन्य उद्योग, अरु औद्योगिक उद्योगहरू, निर्माण व्यवसाय ध्वस्त भएको छ । एमालेको कार्यकालमा दिनमा सिक्स लेनका बाटा ६ किलोमिटरका दरले बन्थे’, ओलीले दाबी गरे । उनले आफ्नो कार्यकालमा पुनर्निर्माणका असीमित कामहरु भएको दावी गरे ।
विकासको काम त्यसरी भएकाले नै धेरैले रोजगारी पाउनुका साथै अर्थतन्त्र चलायमान भएपनि अहिले ठप्पप्राय रहेको जिकिर गरे । उनले राजश्व उठ्नै छाडेको र जीडीपी घटेको भन्दै यही सरकार रहिरहे देश टाट पल्टिने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण