समाचार
राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी
बुधबार, २० वैशाख २०८०, १५ : ३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उक्त अध्यादेशमार्फत सरकारले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने उद्देश्य लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण