भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिहीबार, २१ वैशाख २०८०, १० : ०१
मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो । सो दुर्घटनामा परी पर्सौनी नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।
मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण