रियाशाको विवाहमा सँगै वर्षा र सन्जोग
काठमाडौँ । अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइराला फिल्म क्षेत्रका चर्चित प्रेम जोडी हुन् । लामो समयको प्रेमपछि विवाह गरेका यो जोडीको पछिल्लो समय डिभोर्सको हल्ला धेरै चल्छ ।
गत वर्ष वर्षाले इन्स्टाग्रामबाट सन्जोगसँगका सबै तस्बिरहरू हटाएपछि सम्बन्ध बिग्रिएको र डिभोर्स हुन लागेको हल्ला चलेको थियो । तर उक्त हल्लालाई मिडिया अन्तर्वार्ता मार्फत सम्बन्ध ठिकठाक रहेको भन्दै ब्रेक लगाइन् ।
तर केही दिनअघि वर्षाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका तीनवटा गम्भीर भावको पोस्टले फेरि उनीहरूको सम्बन्ध पुनः सङ्कटमा परेको अनुमान गरियो । उनले इन्स्टाग्राम ‘म ती व्यक्तिको वरपर रहँदा थकित भइसकेँ, जसले इमानदारिताको कुरा बुझ्दैनन्’ भनेर लेखेकी थिइन् । उनले सम्झौता धेरै भयो भन्दै सम्झौता शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’ भनेर प्रश्न समेत उठाएकी थिइन् ।
वर्षाको स्टाटसले उनको सन्जोगसँग खटपट भएको हुन सक्ने आशङ्का जन्माएको थियो । कतिपयले त बुझ्दै नबुझी डिभोर्स हुन लागेको हल्ला पनि चलाए । तर बुधबार कलाकार रियाशा दाहालको बिहेमा दुवै एकसाथ देखिए । बजारको चर्चालाई मत्थर बनाउन सन्जोगले वर्षासँगको प्रेमिल भावमा खिचेका तस्बिर समेत फेसबुकमा पोष्ट गरेका छन् । तस्बिरका साथ उनले लेखेका छन्, ‘तिमी र म । अर्काको बिहेमा । खाना खोज्दै, रमाउँदै ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण