शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रियाशाको विवाहमा सँगै वर्षा र संजोग

बिहीबार, २१ वैशाख २०८०, १५ : ०९
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला फिल्म क्षेत्रका प्रेम जोडी हुन् । लामो समयको प्रेमपछि विवाह गरेका यो जोडीको पछिल्लो समय डिभोर्सको हल्ला धेरै चल्छ ।

गतवर्ष वर्षाले इन्स्टाग्रामबाट संजोगसँगका सबै तस्बिरहरु हटाएपछि सम्बन्ध बिग्रिएको र डिभोर्स हुन लागेको हल्ला चलेको थियो । तर उक्त हल्लालाई मिडिया अन्तर्वार्ता मार्फत सम्बन्ध ठिकठाक रहेको भन्दै ब्रेक लगाइन् । 

तर केही दिनअघि वर्षाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका तीनवटा गम्भीर भावको पोस्टले फेरि उनीहरुको सम्बन्ध संकटमा परेको अनुमान गरियो । उनले इन्स्टाग्राम ‘म ती व्यक्तिको वरपर रहँदा थकित भइसकें, जसले इमान्दारिताको कुरा बुझ्दैनन्’ भनेर लेखेकी थिइन् । उनले सम्झौता धेरै भयो भन्दै सम्झौता शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ? भनेर प्रश्न समेत उठाएकी थिइन् ।

वर्षाको स्टाटसले उनको संजोगसँग खटपट भएको हुन सक्ने आशंका जन्माएको थियो । कतिपयले त बुझ्दै नबुझी डिभोर्स हुन लागेको हल्ला पनि चलाए । 

तर बुधबार मोडल रियाशा दाहालको बिहेमा दुवै एकसाथ देखिए । बजारको चर्चालाई मत्थर बनाउन संजोगले वर्षासँगको प्रेमिल भावमा खिचेका तस्बिर समेत फेसबुकमा पोष्ट गरेका छन् । 

तस्बिरका साथ उनले लेखेका छन्, ‘तिमी र म । अर्काको बिहेमा । खाना खोज्दै, रमाउँदै ।’ तस्बिरमा दुबैको हाँसो देख्न सकिन्छ । संयोजकले राखेको तस्बिरले पनि वर्षाको विवाहित जीवन ठिकठाक रहेको अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप