एक करोड ४२ लाख २० हजार नगद पुरस्कार वितरण
बिहीबार, २१ वैशाख २०८०, १९ : २२
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।
८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीको खातामा पठाइएको हो ।
राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको राखेपले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण