एक करोड ४२ लाख २० हजार नगद पुरस्कार वितरण
बिहीबार, २१ वैशाख २०८०, १९ : २२

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।
८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीको खातामा पठाइएको हो ।
राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको राखेपले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति