प्रचण्डले भने–आर्थिक अनियमितता गर्नेलाई छोड्दैनौं
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरकानुनी रुपमा आर्थिक अनियमितता गर्ने भ्रष्टाचारीलाई नछाड्ने बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको अनौपचारिक पदाधिकारी बैठकमा प्रचण्डले सरकारले भ्रष्टाचार, अनियमितता र गैरकानुनी काम गर्नेलाई नछाड्ने बताएका हुन् ।
कसैप्रति राजनीतिक प्रतिशोध नराखिएको भन्दै उनले कानुनको नजरमा दोषी देखिए कारबाही हुने बताएका हुन् ।
'कसैप्रति राजनीति प्रतिसोध वा अन्य कुनै नियत राखिएको छैन । कानुनको नजरमा दोषी देखिए कारबाही हुन्छ । भ्रष्टाचार र अनियमितताको यो सुरुवात मात्रै हो अझ ठुला भ्रष्टाचार अनियमितताको पोल खुल्दै जानेछ,' बैठकमा प्रचण्डले भने,'२०४६ यताका राजकीय निकायमा बसेका नेता कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी गरिएको छ । त्यसपछि देशमा सुशासन कायम गर्ने सोचिएको छ ।'
बैठकमा प्रचण्डले सरकारले गरेको राम्रो कामको पार्टी पङ्क्तिले प्रचार गर्नुपर्ने बताएको माओवादी केन्द्रका सचिव गणेश शाहले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका लागि सुझाव मागेको सचिव शाहले बताए ।
बैठकमा सबै पदाधिकारीले २/३ मिनेट धारणा राखेका थिए । उनीहरुले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेको सचिव शाहले बताए ।
'सबैले प्रधानमन्त्री र नारायणकाजी सरकारमा नभएको भए ठूला नेताको मानव तसकरीको कुरा सार्वजनिक हुने थिएन । यो अत्यन्तै राम्रो काम भयोभन्दै प्रधानमन्त्री र गृहमन्त्रीको तारिफ गर्नुभयो,' सचिव शाहले भने, 'शिक्षा स्वास्वथ जस्ता आधारमुत आवश्यकता नागरिकले निःशुल्क र गुणस्तरीय पाउने सुनसित गर्नुपर्यो र रोजगारी सृजना हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सुझाव आयो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण