बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनार्दन शर्मा गाउँ केन्द्रित, स्थानीय विकास निर्माणमा चासो

शुक्रबार, २२ वैशाख २०८०, १२ : ०२
शुक्रबार, २२ वैशाख २०८०

सुर्खेत । पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा केही दिनदेखि कर्णालीमै छन् । उनले यतिबेला विशेष गरी जनभेटघाट र विकासे आयोजनाहरूको निरीक्षण तथा अनुगमन गर्ने गरेका छन् ।

उनी नागरिकका समस्या बुझ्नका लागि गाउँ–गाउँ र टोलसम्मै पुग्ने गरेका छन् । केही दिनअघि वीरेन्द्रनगर आएका उनले पार्टीका विभिन्न विषयमा छलफल गरे । त्यसपछि गृह जिल्ला रुकुम पश्चिम लागेका शर्माले भेरी बबई बबई डाइभर्सन निर्माण कार्यको अनुगमन गरे । कर्णालीको समृद्धिसँग जोडिएको उक्त आयोजनाको काम भइरहेको छ भने शर्माले परिणाम आउने गरी काम गर्न सुझाव दिए ।

त्यसपछि रुकुम पुगेका उनले जन–भेटघाट र स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट भए गरेका विकासे गतिविधिहरूको अनुगमन गरे । शर्मा चुनावी अभियानकै झल्को दिने गरी गाउँघर केन्द्रित भएका छन् । शर्माले विगत तीन दिनको अवधिमा थुप्रै आयोजनाहरूको निरीक्षण गरेका छन् । 

3

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ मा १०० शय्याको निर्माणाधीन अस्पताल र सडक डिभिजन कार्यालयको अनुगमन गरेका उनले राप्ती लोक मार्ग सडक खण्ड अन्तर्गत रुकुम पश्चिम सोलाबाङ्, माछमी, गाराघाटदेखि आठबिसकोट जोड्ने पुल निर्माण कार्यको निरीक्षण गरे । 

यस्तै राता माटा, राउखेत, घ्यू खोला मध्य पहाडी लोक मार्ग रुकुम पश्चिम सडक खण्ड निर्माण कार्य निरीक्षण गरेका उनले सँगसँगै स्थानीयका जनगुनासो सुन्ने र आफू जनताकै पक्षमा निहित रहेको बताउने गरेका छन् ।  

5

शर्माले यो पटक आफू मन्त्री नबन्ने र पार्टी बनाउनतर्फ लाग्दै बताउँदै आएका छन् । सोही अनुसार उनी गाउँतर्फ बढी केन्द्रित भएको माओवादी नेता, कार्यकर्ताहरू बताउँछन् । उनीसँग माओवादीका जिल्ला, प्रदेश र स्थानीय नेता कार्यकर्ताहरू पनि अग्रसर भएका छन् । 

2

शर्माले शुक्रबार बिहानै भेरी कोरिडोरको अनुगमन तथा निरीक्षण गरेका छन् । त्रिदेशीय महत्त्व बोकेको सो सडक निर्माणको अवस्था र जनगुनासो सुन्न आफू अनुगमनमा निस्किएको शर्माले बताए । यही कोरिडोर अन्तर्गत केही दिनअघि निर्माणाधीन बेजिब्रिज पुल भत्किएको थियो । 

कोरिडोरमा पुलहरूको ठेक्का लागे पनि काममा प्रगति नभएको विषयमा शर्माले चासो दिएका थिए । शर्माले अनुगमन गरेका विकासे कामलाई चाँडो सक्न र परिणाम आउने गरी काम गर्न निर्देशन दिने गरेका छन् । शुक्रबार उनी जाजरकोट पुगेका छन् । 

1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप