बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सूचनाको महत्वलाई अझै बुझ्न सकिएको छैनः सभामुख घिमिरे

शुक्रबार, २२ वैशाख २०८०, १३ : २७
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको बताएका छन् । 
शुक्रवार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  सभामुख घिमिरेले  सूचनाको महत्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताए । 
उनले सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउनेकुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गरे । 

घिमिरे सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभाकारी रुपमा कार्यान्वयन हुने बताए । उनले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा बिस्तार गर्न आवश्यक रहेको बताए । 
सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरुको सूचना नागरिकस्तरमा बिस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप