मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।
२०७८ मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित रिजाललाई अहिले आएर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् । महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई महाधिवेशन लगत्तै केन्द्रीय समितिमा मनोनित गरेका देउवाले रिजाललाई १७ महिना रोके ।
महाधिवेशनमा सभापतिमा पराजित सभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, सुजाता कोइराला, सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा ०७८ पुसमै केन्द्रीय सदस्यमा मनोनित भएका थिए । शेखर कोइराला प्यानलबाट पदाधिकारीमा चुनाव होरका मध्ये केन्द्रीय सदस्यमा मनोनित हुने रिजाल पहिलो हुन् ।
उपसभापतिमा पराजित डा.चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा पराजित तेजुलाल चौधरी, कमला पन्थ, रामकृष्ण यादव, विकास लामा देवराज चालिसे र शेख वकिललाई देउवाले केन्द्रीय सदस्य मनोनित नगरेको अवस्था छ । देउवा प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएर हारेकाहरु भने सबैले केन्द्रीय समितिमा प्रवेश पाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण