केएल राहुल आईपीएल र टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिर
लखनउ । लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल तिघ्राको चोटका कारण आईपीएल र अष्ट्रेलियाविरुद्धको जुनमा हुने भारतको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिरिएका छन्। उनले इन्स्टाग्राममार्फत आफूलाई शल्यक्रियाको आवश्यकता रहेको जानकारी दिएका हुन् ।
साथै, उनले अर्को महिना ओभलमा खेल्न नपाउँदा ‘पूर्ण रूपमा निराश’ भएको जिकिरसमेत गरे का छन् ।‘मेरो ध्यान आगामी हप्ताहरूमा मेरो रिकभरीमा हुनेछ,’ राहुलको पोस्टमा भनिएको छ, ‘यो निकै गाह्रो निर्णय हो, तर मलाई थाहा छ पूर्ण स्वस्थ हुन सुनिश्चित गर्नको लागि सही हो।’
सोमबार रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको खेलको दोस्रो ओभरमा बल पछ्याउने क्रममा राहुलको दाहिने खुट्टाको टेन्डन च्यातिएको थियो । उनलाई मैदान बाहिर लैजान पनि मद्दत गर्नुपरेको थियो । १२७ रनको लक्ष्य पछ्याउँदा अप्रत्याशित रूपमा तनाव नहुँदासम्म उनी मैदानमा फर्किएनन्।
३१ वर्षीय खेलाडी खेल जित्ने आशामा ११ नम्बरमा ब्याटिङ गर्न आए । तर उनले कुदेर रन लिन सकेनन् । जसका कारण अमित मिश्राले अन्तिम ओभरको प्रत्येक बलको सामना गर्नुपरेको थियो । गुजरातले सो खेल गुमाउन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण