सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बैठक सुरु भएको हो ।
समसामयिक राजनीतिक, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी छन् । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्वालामुखी विस्फोटपछि बालीमा उडानहरू रद्द
-
प्रिमियर लिगको खेल तालिका आज सार्वजनिक हुँदै
-
समाचार हटाउने आदेशविरुद्ध आज दर्जन बढी वकिलले बहस गर्दै
-
अझै खुलेनन् सुनचाँदी पसल, व्यवसायी राष्ट्रिय भेलामा
-
असारमा केन्द्रीय समिति बैठक बोलाउनेबारे के भन्छन् माओवादी नेताहरू ?
-
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न