सत्ता गठबन्धनको बैठकमा विधेयकका प्राथमिकताका बारेमा छलफल
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संघीय संसद्को बैठकलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आइतबार बस्ने संसद्को बैठकलाई प्रभावकारी बनाउनेबारे छलफल भएको हो ।
बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले निजामती ऐन र संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको बताए ।
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए । बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको उनले बताए ।
'बैठकमा प्रधानमन्त्रीज्यूले आफूले विश्वासको मत लिने बेलामा विभिन्न विधेयकहरूका प्राथमिकताका बारेमा कुरा गर्नुभएको थियो । त्यसमध्ये नागरिकता विधेयकलाई कसरी व्यवस्थित गर्ने, संघीय शिक्षा ऐन कसरी अघि बढाउने, निजामती विधेयकलाई कसरी अघि बढाउने र समिति पनि बनाउने भन्ने विषयमा छलफल भयो,' पाण्डेले भने ।
यस्तै बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको समस्या कसरी हल गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । यस विषयमा गठबन्धनका नेताहरूले वरिष्ठ कानुन विज्ञहरुसँग समेत छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण