सलाहले जिताए लिभरपुललाई
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को जित निकालेको छ । लिभरपुलले शनिबार राति खेलिएको खेलमा ब्रेन्टफोर्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्यो ।
उक्त खेलमा पनि लिभरपुलको जितमा इजिप्सियन खेलाडी मोहमद सलाह नै नायक बने । खेल सुरु भएको १३औं मिनेटमै उनले टोलीका लागि निर्णायक गोल गरेका थिए ।
यसअघि गत बिहीबार भएको फुलहामविरुद्घको खेलमा पनि सलाहकै गोलमा लिभरपुल विजयी बनेको थियो । सलाह लिभरपुलले घरेलु मैदानमा खेलेको पछिल्ला नौ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
लिभरपुलले प्रिमियर लिगको पछिल्लो ६ खेलमा लगातार जित हात पार्दै आएको छ । जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अंक जोडेको छ । लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा आसिन छ ।
लिभरपुलले यो सिजनमा अब ३ खेलमात्र खेल्न बाँकी छ । ब्रेन्टफोर्ड भने ३५ खेलबाट ५० अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण