आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अव्यवस्थित तारको व्यवस्थापन गर्न नियमावली बन्दैछ : दूरसञ्चार प्राधिकरण

आइतबार, २४ वैशाख २०८०, १० : ४०
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अव्यवस्थित तार व्यवस्थापन गर्न नियमावली बन्नेक्रममा रहेको बताएका छ । एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सडक किनारका पोलहरू व्यवस्थित गर्ने विषयमा प्रसारण भइरहेका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नियमावली बन्नेक्रममा रहेको जानकारी दिएको हो ।

‘दशकौँ देखि टाँगिएका र सेवा प्रवाह भइरहेको तार एकै पटक व्यवस्थापन गर्न कठिनाइ हुन्छ,’ प्राधिकरणको विज्ञप्तिमा लेखिएको छ, ‘साथै दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न कामहरू भइरहेका छन् ।’

प्राधिकरणले दीर्घकालीन रूपमा तार लगायत अन्य युटिलिटीहरुको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भइरहेको बताएको छ । यस्तै, दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थापन हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने समेत बताएको छ । 

अव्यवस्थित रूपमा रहेको तारहरूलाई अल्पकालीन रुपमा व्यवस्थापन गर्ने क्रममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरबार वरिपरि, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरबार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको छ । साथै, प्राथमिकताको आधारमा अन्य रुटमा समेत एबिल बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने काम समेत भइरहेको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप