आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चिया खानुअघि यस कारण पिउनुहोस् पानी

आइतबार, २४ वैशाख २०८०, १० : ३९
आइतबार, २४ वैशाख २०८०

चियालाई नेपालमा संस्कारको रूपमा लिने गरिन्छ । कसैसँग बोल्नु पर्‍यो भने ‘चिया खानु भयो ?’ कसैलाई घरमा निम्तो गर्नु पर्‍यो भने ‘चिया खान आउनु’ अथवा कोही पाहुना घरमा आए ‘चिया टक्र्याऊँ’ भनेर सोध्ने गरिन्छ । 

चियाको आफ्नै फाइदा बेफाइदा त छ तर यो हाम्रो भान्छामा कम्तीमा दिनमा एक पटक भए पनि पाक्ने गर्छ । त्यही चिया पनि कसरी खाने त ? धेरैले चियाका बेफाइदाबारे बताइरहँदा चियाका पारखीले भने सर्प पनि मर्ने, लट्ठी पनि नभाँच्चिने उपाय अपनाउन सक्छन् । यसका लागि उनीहरुले निकै सजिलो तरिका अपनाउन सक्छन् । एक गिलास पानी खाएर चियाका बेफाइदाबाट छुटकारा पाउन सकिन्छ । 

यसबारे विस्तृत जानकारी लिऔँ । 

यो विषयमा एक भारतीय सञ्चार माध्यमले विज्ञसँग कुराकानीसमेत गरेको छ ।

प्रश्न : कसैले चिया खानुअघि पानी पिउँछन् । यस्तो गर्नु सही हो ? 

जवाफ : चिया खानुअघि पानी पिउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ । चियाको पिएच मान अर्थात् भ्यालु ६ हुन्छ । चिया खानुअघि पानी पिउँदा आन्द्रामा एउटा पत्र बन्छ जसले चियाबाट हुने एसिडिक इफेक्ट (अम्लीय प्रभाव) लाई कम गर्छ । चिया खानुअघि मनतातो पानी पिउँदा थप प्रभावकारी हुन्छ । 

पिएचको अर्थ पावर अफ हाइड्रोजन अर्थात् हाइड्रोजनको शक्ति हो । हाइड्रोजनको अणुले कुनै चिजको अम्लीय वा क्षारीय प्रवृत्तिलाई निश्चित गर्छ ।  अमिलो स्वाद भएको पदार्थलाई अम्ल र टर्रो वा तितो स्वाद भएका पदार्थलाई क्षार भन्छौँ । 

अर्थात् कुनै पदार्थको पिएच १ वा २ हुन्छ भने त्यो अम्लीय हो र यदि पिएच १३ वा १४ हुन्छ भने त्यो क्षारीय हो । यदि पिएच ७ छ भने त्यो न्युट्रल हो ।

प्रश्न : चिया खानुअघि पानी पिउँदा कस्ता स्वास्थ्य समस्या हट्छन् ?

जवाफ : चिया खानुअघि पानी पिउँदा यस्ता समस्या हट्छन्

 एसिडिटी

खाली पेटमा चिया खाँदा एसिडिटीको समस्या हुन्छ । चिया पिउँदा पेटमा एसिड बढ्छ जसले एसिडिटीको समस्या बढ्छ । त्यसैले बिहान मात्रै होइन, प्रत्येक पल्ट चिया पिउँदा पानी खानुहोस् ।

डिहाइड्रेसन

चियाले तपाईंको शरीरलाई डिहाइड्रेट गर्न सक्छ । त्यसैले चिया खानु अघि पानी पिउनुहोस् । यसले पिएच पनि सन्तुलनमा रहन्छ ।

अल्सर

खाली पेटमा चिया पिउँदा स्वास्थ्यलाई हानी हुन्छ । यसले अल्सरको सम्भावना बढाउँछ । यस्तोमा चिया खानुअघि पानी पिउनु निकै राम्रो विकल्प हो । साथै पेटसँग सम्बन्धित समस्या र जोखिम पनि कम हुनेछ ।

दाँतलाई हानी

चियामा टेनिन्स केमिकल हुन्छ । जसले दाँत बिगार्न सक्छ । चिया खाँदा दाँतमा एक प्रकारको पत्र बन्ने गर्छ । चिया खानुअघि पानी पिउनुहुन्छ भने दाँतले पनि सुरक्षा पाउँछ र मुखको ब्याक्टेरियामालाई पनि सफा गर्छ ।

प्रश्न : चिया खानु कति समय अघि पानी पिउनुपर्छ त ?

जवाफ : चिया खानु १०–१५ मिनेट अघि पानी पिउने हो भने बढी फाइदा हुन्छ । यसले चियाबाट आएको एसिडलाई डायल्युट गर्न मद्दत मिल्छ । साथै क्याफिनको असर पनि कम हुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप