राजनीति
एमालेले बोलायो संसदीय दलको बैठक
आइतबार, २४ वैशाख २०८०, १२ : ४६
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाइएको जानकारी दिए । ‘दिउँसो १ बजे दलको बैठक बोलाइएको छ । संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुन्छ र सोही अनुसार हाम्रो पार्टीका सांसदहरूले भूमिका खेल्नुहुन्छ’, गिरीको भनाइ छ । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण