शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीका राजदूतको गाडीमा गोली प्रहार

आइतबार, २४ वैशाख २०८०, १३ : ०३
आइतबार, २४ वैशाख २०८०

सुडान । सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ)ले एकापसमा दोषारोपण गरेका छन्।

विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण  लिएको बताएको छ । 

यसैबीच आरएसएफले राजधानी खार्तूममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र उक्त कार्यलाई 'कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तरराष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लङ्घन गर्ने कायरतापूर्ण कदम' भनेको छ।  विज्ञप्ति अनुसार आरएसएफले 'राजदूत र उनको प्रतिनिधिमण्डललाई सुरक्षित स्थानमा निकाल्न सफल भएको छ।'

अप्रिल १५ मा सेना र आरएसएफबीच खार्तुम र अन्य क्षेत्रमा भएको घातक झडपको विष्फोटपछि सुडानले विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई ठूलो मात्रामा बाहिरिएका छन् । सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घातक झडपमा कम्तीमा ५५० जनाको मृत्यु भएको छ भने ४,९२६ जना घाइते भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप