संसदमा एमाले : ‘प्रधानमन्त्रीज्यू फिल्म देखाउनुस्, टिकट काटेर बसेका छौँ’
काठमाडौँ । नेकपा एमालेले भ्रष्टाचार सम्पूर्ण काण्डबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थीको विषयमा गत भदौमा राष्ट्रिय सभामा एमाले सांसद पार्वती रावलले उठाएको विषय सरकारले नसुनेको बताए ।
उनले जुनसुकै प्रकारका भ्रष्टाचार विषयलाई छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डलाई छानबिन गरी कारबाही गर्न चुनौती दिए । उनले प्रधानमन्त्री प्रचण्डले अहिले गरेका काम टेलर मात्र भएको र फिल्म आउन बाँकी रहेको भन्ने भनाइलाई कटाक्ष गर्दै फिल्म हेर्न तयार रहेको उल्लेख गरे ।
प्रमुख सचेतक गिरीले भने,‘प्रधानमन्त्री ज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउँन बाँकी नै भन्दै हिँड्नुभएको छ । सम्माननीय प्रधानमन्त्री ज्यू, हामी फिल्म हेर्न आतुर छौँ, हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस् । हामीलाई अव विश्वास छ, वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविरका घोटला काण्डमा अरवौ रुपैयाँ राज्यको सम्पत्ति लुटिएको थियो । सिसीटिभी फुटेज र बजेटमा बिचौलिया आएका काण्डहरु यो अधिवेशनमा अव गंभीरताका साथ छलफल गरौँ । यस्ता काण्डमा परेकाहरूलाई एक एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ ।’ त्यसका लागि नेकपा एमालेको साथ र सहयोग रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण