शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

युनाइटेड र अजोड इन्सोरेन्सबीचको मर्जर प्रस्ताव पारित

सोमबार, २५ वैशाख २०८०, १५ : ०९
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जनरसम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । 

दुई कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’  हुनेछ । 

यस्तै साधारण सभाले शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । यस्तै यस सम्बन्धमा भएका सबै कामकारबाहीलाई साधारण सभाले अनुमोदन गरेको छ । 

 दुई कम्पनी एक आपसमा गाभिए पछि केन्द्रीय कार्यालय काठमाडौँको सुन्धारामा रहने पनि तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप