मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरीतका संरचना भत्काउन एक्सनमा जान्छौँ :  रेनु दाहाल

सोमबार, २५ वैशाख २०८०, १७ : ३६
सोमबार, २५ वैशाख २०८०

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मापदण्ड विपरीतका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् ।

भरतपुर भवन निर्माण व्यवसायी समितिको दशौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरीतका अवैध संरचना हटाउने काम अब केही दिनमा सुरु हुने जानकारी दिइन् ।

प्रमुख दाहालले महानगरपालिकाले ३ महिना अगाडि सूचना प्रकाशित गरी मापदण्ड विपरीतका घर, टहरा, कम्पाउन्ड लगायतका संरचना हटाउन आह्वान गरेकाले अब भने एक्सनमा जाने बताइन् । महानगरपालिकाले बनाएको मापदण्डअनुसार अगाडि बढ्नु जनप्रतिनिधिको दायित्व भएको स्पष्ट पारिन् । यसका लागि बैठक बसेर, निर्णय गरी कसैलाई पनि मार्का नपार्ने गरी काम अगाडि बढाइने पनि बताइन् ।

भरतपुर महानगरपालिकाले यसअघि पुलचोक गोन्द्राङ ६ लेन सडकमा पर्ने संरचना हटाउने कार्य सम्पन्न गरिसकेको छ । महानगरपालिकाले भरतपुरका अन्य मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउन पत्राचार पनि गरेको छ ।  

सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउण्डवाल,स्वीकृति नलिई भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थायी टहरा लगायतको अन्य संरचनाहरू सडकबाट फुटपाथमा सवारीसाधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाई गरी बनाइएका स्थायी रयाम्पहरु, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी सञ्चालनमा रहेका पसल, गोदाम, रेस्टुरेन्टमा प्रयोग भइरहेको बेसमेन्टहरु हटाउन महानगरले आग्रह गरेको छ ।

 

प्रमुख दाहालले भरतपुरलाई सुन्दर र सुसंस्कृत सहरको रूपमा विकास गर्न अवैध संरचना हटाउन लागिएको बताइन् । यस्ता संरचनाले भरतपुरलाई कुरूप र भद्दा बनाउने भएकाले महानगरपालिका यो कार्य गर्न लागेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप