वर्षौँदेखि निष्क्रिय ट्विटर अकाउन्ट बन्द हुँदै
सोसल मिडिया प्लेटफर्म ट्विटरले वर्षौँदेखि निष्क्रिय अकाउन्ट बन्द गर्ने भएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकारी एलन मस्कले सोमबार यसबारे जानकारी दिएको हो । यो कदमले थुप्रै प्रयोगकर्ताका फलोअरमा कमी आउन सक्ने उनले बताएका छन् ।
यो नयाँ नियम कहिले देखि लागू हुन्छ भन्नेबारे विस्तृत जानकारी भने आइसकेको छैन । ट्विटरको नियम अनुसार लामो समयसम्म निष्क्रिय भएका अकाउन्ट स्थायी रूपमा डिलिट हुनबाट जोगिनका लागि प्रयोगकर्ताले हरेक ३० दिनमा कम्तीमा एक पटक आफ्नो अकाउन्ट लग इन गर्नुपर्नेछ ।
ट्विटरले १५० करोड अकाउन्ट डिलिट गर्ने
यसअघि मस्कले ट्विटरको करोडौँ निष्क्रिय अकाउन्ट हटाउने घोषणा गरेको थियो । मस्कले सन् २०२२ डिसेम्बर ९ मा गरिएको ट्विटमा भनेका थिए, ट्विटरले छिट्टै १.५ बिलियन अकाउन्टको नेम स्पेसलाई फ्री गर्न सुरु गर्नेछ ।
स्पेस फ्री हुनेछ तर युजर बेस घट्नेछ
मस्कको यो निर्णयले ती प्रयोगकर्तालाई फाइदा हुनेछ जसले एक निश्चित युजर नेम चाहन्छन् तर दिन पाइरहेका छैनन् किनभने कसैले पहिले नै यो नाम राखिसकेको छ । मस्कको यो कदमले स्पेस त फ्री हुनेछ तर यसले ट्विटरको युजर बेस पनि कम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण