राप्रपाका प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक
मङ्गलबार, २६ वैशाख २०८०, १२ : ३७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको मंगलबार उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित ८१ बर्सिया दिलमायाको केही समययता सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।
दिलमायाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर काजकिरीया भने गोरखाको बोर्लाङमा गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय दिलमायाका श्रीमानसहित एक छोरा (मोहन श्रेष्ठ) र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण