आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्‍मा नाराबाजी गर्दै राप्रपाका सांसदले भने– हामीले पनि लुगा खोल्नुपर्ने भो ?

बुधबार, २७ वैशाख २०८०, १४ : १४
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि राप्रपाका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । 
नाराबाजीका क्रममा सांसदहरुले हामीले पनि कपडा खोल्नुपर्ने अवस्था आएको हो भन्दै सभामुखलाई प्रश्न गरे । राप्रपाका सांसद दीपकबहादुर सिंहले भने, ‘अब के हामीले पनि लुगा खोल्नुपर्ने भयो सभामुख महोदय ? यो हो तरिका ? हामीले हाम्रो कुरा राख्न नपाउने ?’
यसअघि सोमबार बोल्ने समय नपाएपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लुगा खोलेर विरोध जनाएका थिए । 

राप्रपाका सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लगि प्रतिनिधिसभा बैठक स्थगित भएको घोषणा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप