राष्ट्र बैंकको रिपोर्ट
रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो
बुधबार, २७ वैशाख २०८०, १२ : १९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको हो ।
‘समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ पुगेको छ,’ केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ, ‘यो ५१.५ प्रतिशतको वृद्धि हो ।’ यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृती लिन नेपालीको संख्या समेत ५.५ प्रतिशतले बढेको छ ।
यससँगै, पुनः श्रम स्वीकृती लिने नेपालीहरुको संख्या २ लाख १७ हजार ९५९ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण