सरकारी कोषमा १ खर्ब ९१ अर्ब नगद मौज्दात, तर वित्तीय खर्च घाटमा
काठमाडौँ । केन्द्रीय बैङ्कले चैत मसान्तसम्म सरकारी कोषमा १ खर्ब ९१ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको जनाएको छ । बुधवार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैङ्कले सङ्घीय सरकार र स्थानीय सरकार (प्रदेश सरकार र सबै स्थानीय तहको समेत गरेर) यस्तो रकम मौज्दात रहेको बताएको हो । यस्तो नगद मौज्दात २०७९ असार मसान्तसम्ममा २ खर्ब २५ अर्ब ८० करोड रहेको थियो ।
यद्यपि, समीक्षा अवधिमा सङ्घीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार ९ खर्ब ४३ अर्ब ५ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ६ अर्ब ७७ करोड, १ खर्ब ७ अर्ब २४ करोड र १ खर्ब २९ अर्ब ४ करोड रुपैयाँ रहेको बैङ्कले जनाएको छ ।
समीक्षा अवधिमा सङ्घीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.६८३ अर्ब ८१ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ६ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्वतर्फ ६७ अर्ब ६९ करोड रुपैयाँ परिचालन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण