समाचार
दैलेखमा वनमा लागेको आगो निभाउन जाँदा १२ मजदुर घाइते
हेलिकप्टरबाट उद्धार गरिँदै
बुधबार, २७ वैशाख २०८०, १६ : २०
दैलेख । पश्चिम दैलेखको आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुला मेला सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा १२ जना मजदुरहरू घाइते भएका छन् । १२ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
आठबिस नगरपालिकाका उपप्रमुख कल्पना थापाकारअनुसार वन क्षेत्रमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । निर्माण कार्यमा सहभागी मजदुरहरू आगो निभाउने घाइते भएको उनले जानकारी दिइन् ।
उनका अनुसार घाइतेहरूलाई हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ । हेलिकप्टर पुगेको खण्डमा घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिने उपप्रमुख थापाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण