बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फर्किने बाचा गर्दै विपश्यना ध्यान केन्द्रबाट बिदा भए आमिर खान

शुक्रबार, २९ वैशाख २०८०, १३ : १२
शुक्रबार, २९ वैशाख २०८०

विपश्यनाका लागि नेपाल आएका आमिर खान ध्यानलाई बीचमा छोडेर भारत फर्किएका छन् । आइतबार नेपाल आएका उनी शुक्रवार बिहान स्वदेश फर्किएका हुन् । 

बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रका सुशील शाहले उनी ध्यानलाई बीचमा नै छोडेर स्वदेश फर्किएको पुष्टि गरेका छन् ।  आमिर किन एकाएक भारत फर्किए भनेर सोधिएको रातोपाटीको प्रश्नमा उनले मुम्बईबाट साथी बितेको खबर आएपछि ध्यानलाई बीचमा नै छोडेर भारत फर्किएकाे बताए ।

‘उनको ध्यान सकिन अझै पाँच दिन बाँकी थियो तर मिल्ने साथीको देहान्तको खबर पाएपछि उनले यसलाई बीचमा नै रोक्ने निर्णय गरे । उनी छिटोभन्दा छिटो मुम्बई फर्कन चाहन्थे,’ उनले भने ।

‘फर्किने बेलामा आमिरले पुनः आउने बाचा गरेका छन् । अर्को पटक परिवारसहित आउने इच्छा देखाउँदै उनी हामीबाट बिदा भए,’ सुशीलले भने । 

आमिर आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनी शुक्रवार बिहान १०:५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप