अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, एक जना पक्राउ
शुक्रबार, २९ वैशाख २०८०, १६ : २६
काठमाडौँ । अमेरिका पठाइदिन्छु भन्ने प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० बस्ने ५६ वर्षीय ओम शाक्य रहेका छन् ।
शाक्यले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै पासाङ ल्हामु शेर्पासँग १५ लाख रुपैयाँ ठगी गरेका थिए । उनले प्रतिष्ठित होटलमा जागिर लगाइदिन्छु, मासिक तलब २ लाख रुपैयाँ हुन्छ भन्दै पैसा लिएर सम्पर्कविहीन बनेका थिए ।
वैदेशिक रोजगार विभागले शाक्यलाई पक्राउ गर्न पत्र पठाएको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत २९ गते कालिमाटीबाट शाक्यलाई पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण