सिन्धुलीबाट लागूऔषधसहित एक जना पक्राउ
शुक्रबार, २९ वैशाख २०८०, २१ : ५४
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो कमलामाई नगरपालिका-६ माझिटारमा यात्रुबाहक हायस गाडी चेकजाँच गर्ने क्रममा एक्सपल्वन र निट्राभेट ट्याबलेटसहित बर्दिवास नगरपालिका-४ माइस्थानका २१ वर्षीय रविन विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विर्तामोडबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायसमा रहेका विश्वकर्माले लगाएको पाइन्टमा एक्सपल्वन २ सय एमएल र निट्राभेट-दश लेखिएको १० पत्ता ट्याब्लेट लागूऔषध फेला पारिएको थियो ।
पक्राउ गरिएका विश्वकर्मालाई शुक्रबार नै जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जिवी दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण