शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा ११ सय कर्मचारीको अभाव

आइतबार, ३१ वैशाख २०८०, १५ : ०८
आइतबार, ३१ वैशाख २०८०

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल गरेका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शर्माले  नीति तथा कार्यक्रमका बारेमा छलफल गरेका हुन् । 

पत्रकार सम्मेलनमा उनले जेठ १ र २ गते स्थानीय तहसँग पनि छलफल हुने जनाकारी दिए । शर्माले भने, ‘तीन तहका सरकारबीचको सहकार्य समन्वयको कुरालाई प्राथमिकताका साथ लैजानुपर्छ । धेरै कुराहरु ऐन कानुनले पनि  प्रभाव पारिरहेका छन् ।’ उनले कर्णाली अनुकूल कानुन नभएको बताउँदै योजना छनोटमा समस्या भएको बताए । कर्णालीमा ११ सय कर्मचारीको अभाव रहेको बताउँदै मुख्यमन्त्री शर्माले यहाँ पनि आर्थिक संकटको प्रभाव पारिरहेको जानकारी दिए ।

उनले भने, ‘यी समस्याका बाबजुत पनि हामी काम गर्ने भनिरहेका छौं। सबै किसिमबाट प्रभावकारिताका साथ काम हुनुपर्ने हो तर सोही कारण हुन सकिरहेको छैन।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप