कर्णालीमा ११ सय कर्मचारीको अभाव
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल गरेका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शर्माले नीति तथा कार्यक्रमका बारेमा छलफल गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले जेठ १ र २ गते स्थानीय तहसँग पनि छलफल हुने जनाकारी दिए । शर्माले भने, ‘तीन तहका सरकारबीचको सहकार्य समन्वयको कुरालाई प्राथमिकताका साथ लैजानुपर्छ । धेरै कुराहरु ऐन कानुनले पनि प्रभाव पारिरहेका छन् ।’ उनले कर्णाली अनुकूल कानुन नभएको बताउँदै योजना छनोटमा समस्या भएको बताए । कर्णालीमा ११ सय कर्मचारीको अभाव रहेको बताउँदै मुख्यमन्त्री शर्माले यहाँ पनि आर्थिक संकटको प्रभाव पारिरहेको जानकारी दिए ।
उनले भने, ‘यी समस्याका बाबजुत पनि हामी काम गर्ने भनिरहेका छौं। सबै किसिमबाट प्रभावकारिताका साथ काम हुनुपर्ने हो तर सोही कारण हुन सकिरहेको छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण