आफ्नै एउटा फिल्म हेरेपछि छोडिदिए अभिनय, पर्दाबाट अचानक कहाँ गायब भए सतिश शाह ?

बलिउडका दिग्गज अभिनेता मध्ये एक मानिने सतिश शाह अझै पनि ‘जाने भी दो यारो’ (१९८३), ‘ये जो है जिंदगी (१९८४),’ ‘साराभाइ भर्सेस साराभाइ (२००४), ’ ‘मे हुँ ना (२००४)’, ‘कल हो ना हो’ (२००३), ‘फना’ (२००६) र ‘ओम शान्ति ओम’ (२००७) जस्ता फिल्ममा उनको हास्य भूमिकाका लागि परिचित छन् । तर उनले अभिनयलाई किन एकाएक छोडिदिए ? यसबारे धेरैलाई कौतूहल छ ।
वास्तवमा भारतीय मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सतिश आफ्नो फिल्म हेरेर यति चिन्तित भएका थिए कि उनले तुरुन्त अभिनय छोड्ने निर्णय लिएका थिए । एक पटक मिडियालाई दिएको आफ्नो अन्तरवार्तामा आफूले अभिनय छोडेको उनले बताएका थिए ।
अभिनयबाट किन ब्रेक लिनुभयो भनेर सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘मलाई थाहा छैन, मलाई मन लाग्यो भने त गरिहाल्छु । म पैसाको लागि मात्रै फिल्म गर्न चाहन्नँ । मैले भित्रैदेखि प्रेरणा पाएँ भने मात्रै फिल्म खेल्नेछु । सायद म आफ्नो अन्तिम फिल्म ‘हमशकल्स’ (२०१४) गरेपछि चिन्तामा थिएँ ।’
सतिशले थपेका थिए, ‘आफूलाई प्रतिबद्ध बनाएपछि मैले फिल्ममा ती सबै कुरा गर्नुपर्यो । यो मेरो खालको हास्य थिएन । मेरो काम प्रभावशाली थियो भनेर मलाई मानिसहरूले भने पनि तर यसले कुनै फिल्म बन्दैन ।’
स्मरण रहोस्, सन् २०१४ मा रिलिज भएको फिल्म ‘हमशकल्स’ बक्स अफिसमा सुपर फ्लप भएको थियो ।
फिल्म हमशकल्समा सतिशले जुन प्रकारको भूमिका निर्वाह गरेका थिए, त्यसमा उनी पूर्ण रूपमा सन्तुष्ट भएनन् । फिल्ममा आफूलाई देख्दा उनी खुसी भएनन् त्यसपछि उनले अभिनय छोड्ने निश्चित गरे । स्मरण रहोस्, उक्त फिल्ममा सैफ अली खान, चंकी पान्डे, राम कपुर मुख्य भूमिकामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा एक बालक मृत फेला
-
एटीसीलाई पाइलटको अन्तिम सन्देश : मैले थ्रस्ट पाइरहेको छैन, हामी बाँच्दैनौँ होला !
-
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ
-
टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु
-
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड
-
‘दुर्घटनाअघि फोन आयो, ...त्यसपछि सबै खत्तम भयो’